क्याली नेपाल ओपन टेनिस च्याम्पियनसिपकाे उपाधि सुगम श्रेष्ठलाई

लसएन्जेल्स, अमेरिका, २५ साउन । अमेरिकाको क्यालीफोर्नियामा नेपालीहरूले क्यालीनेपाल ओपन टेनिस च्याम्पियनसीप-२०२० खेलेका छन् ।

त्यहाँ वसोबास गर्ने नेपाली युवाहरूको लागि लस एन्जल्स शहरको नेभ स्पोर्टस पार्कस्थित टेनिस कोर्टमा १० साउनदेखि आयोजित सो प्रतियोगितामा नेपालीहरूले सहभागिता जनाएका हुन् ।

प्रतियोगिताका लागि छनोट भएका उत्कृष्ट १२ जना नेपाली टेनिस खेलाडीहरूमध्ये काठमाण्डौंका सुगम श्रेष्ठ, ललित झा, विक्रान्त ठकुरी, प्रसन्न गुरुङ, राहुल श्रेष्ठ, दोलखाका सुजना श्रेष्ठ, चितवनका अभिनाश मल्ल, बिराटनगरका रजनीश मास्के, ओसान श्रेष्ठ, ओनिस श्रेष्ठ, बुटवलका असिम क्षेत्री, र खोटाङका लाँग राई रहेका थिए ।

प्रथम चरणमा सहभागीहरूबीच राउण्ड रोबिन लिगको आधारमा सबै खेलाडीहरूले एकअर्काबीच खेली राउण्ड रोविन लिग खेलका टप ४ जना क्रमशः प्रथम भएका सुगम श्रेष्ठ र चौथौ असिम क्षेत्री तथा दोश्रो भएका लाँग राई र तेश्रो रजनीश मास्केबीच सेमिफाइनल खेल खेलाइएको थियो ।

जसमा, सुगम र रजनीश फाइनल पुगेका थिए । १८ साउनमा भएको फाइनल खेलमा सुगमले रजनीशलाई ६-४, ६-५ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका तिए ।

यता, डबल्सतर्फ विक्रान्त ठकुरी र ओनिश श्रेष्ठको जोडीले ओशान श्रेष्ठ र अभिनाश मल्लको जोडीलाई ६-२, ६-४ को सोझो सेटमा हराई उपाधि जितेका थिए ।

Loading...