नेकपाका ६१ सांसदको प्रतिवद्धता : कुनै पनि हालतमा पार्टी फुट्न दिँदैनाैं

काठमाडौं, २५ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६१ जना सांसदहरूले कुनै पनि हालतमा पार्टी फुट्न नदिने प्रतिवद्धता गरेका छन् ।

आइतबार संघीय संसद सचिवालय, सिंहदरबारमा पत्रकार सम्मेलन गरी उनीहरूले एकता र हितविरुद्ध हुने कुनै पनि विवाद र गतिविधिमा सहभागी नहुने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनीहरूले पार्टी विभाजन हुन नदिन अब कुनै पनि गुटको पक्ष-विपक्षमा नलाग्ने सामूहिक प्रतिवद्धता व्यक्त गरे ।

पत्रकार सम्मेलनमा सहभागी प्रतिनिधिसभाका सांसद विशाल भट्टराईले अखण्ड नेकपा कायम राख्न आफूहरूले स्वस्फूर्त अभियान सुरु गरेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवं वरिष्ठ नेता माधव नेपाल गरी तीनै पक्षका सांसदहरूको उपस्थिति रहेको थियो ।

Loading...