विलियनले गरे चेल्सी छोड्ने घोषणा

एजेन्सी, २५ साउन । ब्राजिलियन स्टार विलियनले इंग्लिस क्लब चेल्सी छोड्ने पक्का भएको छ । आफ्नो ३२औं जन्मदिनको अवसरमा विलियनले चेल्सी छोड्ने घोषणा गरेका हुन् ।

उनले चेल्सीका समर्थकलाई खुल्ला पत्र लेख्दै स्टाम्फोर्ड ब्रिज छोड्ने घोषणा गरे । स्टाम्फोर्ड ब्रिज छोड्ने पुष्टि गर्दै विलियन चेल्सीका फ्यानहरूलाई धन्यवादसमेत दिए ।

सात सिजन चेल्सीमा बिताएका उनको सम्झौता यसै महिनाको अन्त्यमा सकिँदैछ । चेल्सीले सम्झौता थप्ने मनसाय बनाए पनि उनले नकार्दै आएका थिए । खबरका अनुसार उनी प्रतिद्वन्द्वी क्लब आर्सनल जाने मनसायमा छन् ।

विलियनलाई भित्र्याउन इच्छुक रहेको आर्सनलले उनीसँग तीन वर्ष सम्झौता गर्न चाहेको बताइएको छ ।

चेल्सीले गरेको दुई पटकको प्रस्ताव अस्वीकार गरेका विलियनले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्, ‘सात वर्षे चेल्सी बसाइ राम्रो रह्यो । अगस्ट २०२० मा चेल्सीको प्रस्ताव आएपछि मैले यहीँ क्लब हो जहाँबाट खेल्नुपर्छ भनेर सोचेको थिएँ । तर, आज चेल्सी छोड्ने उत्कृष्ट निर्णय गरेको छु । यहाँ धेरै खुशीका र दुःखका क्षणहरू रहे । यहाँ रहुञ्जेल समर्थन गर्ने सम्पूर्ण फ्यानहरूलाई धन्यवाद ।’

उनले चेल्सीको जर्सीमा ३३९ खेल खेल्दै ६३ गोल गरेका छन् । उनले लण्डन क्लबबाट पाँच उपाधि जितेका छन् । उनले दुई पटक प्रिमियर लिग, एक पटक युरोपा, एफ ए र लिग कप जितेका थिए ।

View this post on Instagram

AN OPEN LETTER TO THE FANS OF CHELSEA FOOTBALL CLUB . . They were seven wonderful years. In August 2013 when I received the offer from Chelsea, I was convinced that this was where I had to play. Today I am certain that it was the best of decisions. There were so many happy times, some sad, there were trophies and it was always very intense. . . Yet, beyond the trophies, I learnt a lot about myself. I developed a great deal, becoming a better player and a better person. With each training session, with each game, with every minute spent in the dressing room, I was always learning. . . I am really grateful to the Chelsea fans for the affectionate way they welcomed me at Stamford Bridge and their support throughout my time at the club. There was also criticism, which is normal, what is important though is that both the affection and criticism drove me to always give my all in every training session, every game, to be constantly improving until my very last minute in a Chelsea shirt! . . The time has now come to move on. I am certainly going to miss my teammates. I will miss all the staff at the club who’ve always treated me like a son and I will miss the fans. I leave with my head held high, safe in the knowledge that I won things here and always did my best in a Chelsea shirt! . . My heartfelt thanks go out to all of you and God bless you! . Willian Borges da Silva

A post shared by Willian Borges Da Silva (@willianborges88) on

Loading...