यस्ता छन् महिलाहरूमा हर्मोन असन्तुलन भएमा देखिने लक्षणहरू

विराटनगर, २५ साउन । हर्मोन असन्तुलनको कारण शरीरमा केही असामान्यता वा असुविधा देखिन सक्छ ।

विषेशगरी महिलाहरूमा गर्भावस्था, मासिक धर्म र मेनोपजको समयमा हर्मोनको स्तरमा परिवर्तन हुने गर्छ । तर, केही औषधि वा स्वास्थ्य समस्याका कारण पनि कहिलेकाहिँ हर्मोनहरू असन्तुलित हुन जान्छ ।

शरीरमा हार्मोनको असन्तुलनका कारण धेरैजसो महिलाहरूमा यी लक्षणहरू देखिन्छ वा महशूस हुने गर्छ । पर्याप्त निद्रा पाउन नसके वा सुते उठ्दा पनि सन्तुष्ट हुन नसकेमा हार्मोन असन्तुलित भएको कारण यस्तो भएको हुन सक्छ ।

ओभेरिमा बन्ने हर्मोन प्रोजेस्टेरोनले गर्दा सुत्न प्रेरित गर्छ । तर, उक्त हर्मोनको स्तर सामान्यभन्दा कम भएका निन्द्रामा समस्या हुन थाल्छ । यसबाहेक, एस्ट्रोजेन हर्मोनको अभावमा राति पसिना आउने गर्छ जसले निन्द्रामा असर गर्छ ।

सामान्य रूपमा हर्मोनको असन्तुलनको कारण जहिले पनि थकान महशूस हुन सक्छ । प्रोजेस्टेरोनको अधिक मात्राका कारण निन्द्रा र थकान महशूस हुन्छ ।

एस्ट्रोजेन स्तरमा कमीको कारण स्वभावमा अचानक निराशा, दु:ख तथा चाँडै रिस उठ्न सक्छ । यो अवस्थामा आवश्यकताभन्दा बढी भोक लाग्ने र धेरै खान मन लाग्ने हुन्छ । जसकारण छिटो तौल बढ्न सक्छ ।

केही अवस्थाहरूमा हर्मोन असन्तुलनको लक्षणमा भने एकैपटक धेरै तौल घट्नु पनि हुन सक्छ । महिलामा महिनावारीमा परिवर्तन आउनु पनि हर्मोनको कारणले गर्दा हुन्छ ।

एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनको अधिक वा अभावको परिणामका कारण महिनावारी ढिलो हुने, वा महिनावारीको समयमा समस्या देखा पर्ने हुन सक्छ ।

एन्ड्रोजन हर्मोनले तेल ग्रंथिलाई अधिक सक्रिय गर्दा असन्तुलन हुने कारण महिनावारीको समयमा पिम्पल आउने गर्छ । अनुहारमा कपाल आउनु पनि हर्मोन असन्तुलनको कारण हुने गर्छ ।

Loading...