सुनसरी ३२ गतेसम्म निषेधित क्षेत्र घोषित

सुनसरी, २५ साउन । जिल्ला प्रशासन कार्यालय सुनसरीले ३२ साउनसम्म जिल्लाका सबै क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लालाई ३२ साउन रातिसम्म निषेधित क्षेत्र कायम राख्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार स्थानीय तहहरूमा स्वाब संकलनको दायरा बढाउँदै जाँदा संक्रमितको संख्यासमेत थपिँदै गएकाले सुनसरी जिल्लामा लागू गरिएको निषेधित क्षेत्र थप ६ दिन कायम राख्ने निर्णय भएको हो ।

यसअघि २१ साउनमा २६ गते रातिसम्म निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

निषेधित क्षेत्रको मितिसम्म अत्यावश्यक बाहेकका अन्य सबै सवारी साधन पनि पूर्णरूपमा बन्द गरिने जनाइएको छ ।

Loading...