सामान्य हिँड्ने र स्वस्थ रहन हिँड्ने दुई फरक तरिका

विराटनगर, २५ साउन । हिँडाइ एक सरल गतिविधि हो, जुन अधिक व्यक्तिहरू फिट र स्वस्थ रहनको लागि रुचाउँछन् ।

सामान्य हिँड्ने तरिका र स्वस्थ रहन हिँड्ने दुई फरक कुराहरू हुन् । हिँडाइबाट स्वास्थ्य लाभहरू प्राप्त गर्न एक सही तरिकाले हिँड्न जरुरी हुन्छ ।

शारीरिक गतिविधिको अन्य रूपहरू जस्तैः हिँड्नका लागि खुट्टामा ठीकसँग फिट हुने एक राम्रो जोडी जुत्ताको प्रयोग गर्न आवश्यक हुन्छ ।

हिँड्ने जुत्ता हल्का तौल भएको र आरामदायक हुनुपर्छ । हिँड्नु वास्तवमा कम प्रभावको व्यायाम हो । तर, उद्देश्यविहीन पार्कमा १० देखि १५ मिनेटको लागि हिँड्दा एक दिनको लागि पर्याप्त कसरत गरेको मान्नु बेकार हो ।

कुनै पनि कसरत प्रभावी हुनको लागि सास अलि बढ्नेगरी न्यानो महशूस हुनेगरी कसरत गर्नुपर्छ ।

बिस्तारै हिँड्ने बानीजस्तै छिटो हिँड्ने बानीबाट पनि बच्न सकिन्छ । धेरै छिटो हिँड्ने प्रयास गर्दा प्राय: मानिसहरू टाढासम्म पुग्न लामोलामो कदम चाल्छन् । यसले असन्तुलन र चोटपटक लाग्ने सम्भावना निम्त्याउने गराउँछ ।

हिँडाइबाट लाभ प्राप्त गर्नका लागि छोटो र द्रुत कदम चाल्ने कुरामा ध्यान दिनुपर्छ । शारीरिक गतिविधिको रूपमा हिँड्दा फर्मको बारेमा पनि अलि सचेत हुनु महत्त्वपूर्ण हुन्छ ।

हात हल्लाएर हिँड्दा बढी क्यालोरीहरू बर्न गर्न मद्दत गर्छ । साइकलिङ र जिमिङको लागि मात्र नभएर हिँड्दा पनि अन्तरालहरू लिनुपर्छ ।

अनुसन्धानका अनुसार हिँड्दा नियमित अन्तरालहरू लिँदा बढी फ्याट बर्न गर्न र फिटनेसकाे स्तर बढाउन मद्दत गर्छ ।

२ मिनेटसम्म छिटो हिँड्ने र त्यसपछि २ मिनेट सामान्य हिँड्नु बढी प्रभावकारी र लाभदायक हुने बताइन्छ ।

Loading...