कपिलवस्तुमा ८५७ जनामा कोरोना देखियो

कपिलवस्तु, २५ साउन । कपिलवस्तु जिल्लामा कोरोनाका थप ११ जना संक्रमित थपिएका छन् ।

२१ साउनमा जिल्ला सदरमुकाम तौलिहवा बजार क्षेत्रका २ सय २६ जनामा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना देखिएको हो । संकलित नमूनामध्ये १ सय २७ जनाको रिपोर्ट आइतबार आएको हो ।

जसमामध्ये ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । सोही दिन संकलन गरिएका स्वाबमध्ये ९८ जनाको रिपोर्ट आउन बाँकी छ ।

यस्तै कपिलवस्तु अस्पतालबाट २३ साउनमा संकलन गरिएका ६ जनाको स्वाबमध्ये ५ जनामा कोरोना देखिएको छ । साथै कृष्णनगरपालिकामा थप १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

आइतबार जिल्लामा १७ जना संक्रमित थपिएसँगै जिल्लाभर कुल संक्रमितको संख्या ८ सय ५७ पुगेको छ । आइतबार थपिएका कोरोना बिरामी संघसंस्थामा क्रियाशिल व्यक्ति र जनसमुदायका हुन् ।

Loading...