Rumpum

Rumpum Advertisement

बाँकेमा कोरोनाका कारण ७० वर्षीया वृद्धाले ज्यान गुमाइन्

बाँकेमा कोरोनाका कारण ७० वर्षीया वृद्धाले ज्यान गुमाइन्

नेपालगञ्ज, २५ साउन । बाँकेमा कोरोना भाइरसका कारण ७० वर्षीया वृद्धाले ज्यान गुमाएकी छन् ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर नगरपालिका–२ की ७० वर्षीया वृद्धाको आइतबार दिउँसो ३ बजे कोरोनाका कारण मृत्युु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

बाँकेमा यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि बैजनाथ गाउँपालिकाकी एक महिला र नरैनापुर गाउँपालिकाका एक पुरुषको कोरोनाबाट मृत्यु भइसकेको छ ।