Rumpum

Rumpum Advertisement

एम्बाप्पे च्याम्पियन्स लिग खेल्ने पीएसजीको टोलीमा

एम्बाप्पे च्याम्पियन्स लिग खेल्ने पीएसजीको टोलीमा

एजेन्सी, २५ साउन । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगका लागि आफ्ना स्टार फरवार्ड किलियन एम्बाप्पेलाई टोलीमा समावेश गरेको छ ।

च्याम्पियन्स लिगअन्तर्गत अटलान्टाविरुद्धको क्वार्टरफाइनल खेलका लागि चोटसँग संघर्षरत फ्रेन्च स्टार एमबाप्पेलाई टोलीमा समेटेको हो ।

विश्वकप विजेता एमबाप्पे फ्रेन्च कपको फाइनल खेलमा घाइते भएका थिए ।

२५ जुलाईमा सेन्ट इटेन्नीलाई हराउँदै पीएसजीले उपाधि जित्दा एम्बाप्पेले चोट बोकेका थिए ।

नेयमारले निर्णायक गोल गर्दा पीएसजीले १–० गोलको जित निकाल्दै फ्रेन्च कपको उपाधि जितेको थियो ।

फाइनल खेलमा सेन्ट इटिन्नीका डिफेन्डर लोइच पेरिनको खराबट ट्याकलका कारण घाइते भएपछि उनी पूर्ण रूपमा फिट हुन कम्तीमा तीन साता लाग्ने बताइएकाे थियो ।

तर, पीएसजीले आफ्ना स्टार फरवार्डलाई टोलीमा समेटेको हो ।

पीएसजीले अटलान्टासँग १३ अगस्टमा पोर्चुगलको लिस्बोनमा खेल्नेछ ।

पीएसजी च्याम्पियन्स लिग जित्दै सिजनको चौथो उपाधि उचाल्ने दाउमा छ । यसअघि उसले लिग वान, फ्रेन्च कप र फ्रेन्च लिग कप गरी यो सिजन उपाधिमा ह्याट्रिक गरिसकेकेको छ ।