कोरोना उपचारमा सफलता पाएको रेम्डेसिभिर नेपालमा पनि परीक्षण प्रयोग हुने

विराटनगर, २५ साउन । कोभिड १९ उपचारका लागि परीक्षणका क्रममा केही सफलता पाएका रेम्डेसिभिर जस्ता औषधि नेपालमा परीक्षण प्रयोग हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको ब्रिफिङका क्रममा औषधि व्यवस्था विभाग र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड १९ उपचारका लागि विभिन्न देशमा प्रयोग गर्दै आएको रेम्डेसिभिर जस्ता औषधिलाई नेपालमा परिक्षण प्रयोग गरी उपचारलाई सहजीकरण गर्ने प्रक्रियाहरू अगाडि बढाइएको जानकारी दिएको छ ।

इबोला संक्रमणको समयमा प्रयोग गरिने रेम्डेसिभिरले शरीरमा भाइरसलाई बढ्न चाहिने एन्जाइमलाई निष्क्रिय बनाउँछ ।

रेम्डेसिभिर कोरोना भाइरसविरुद्ध अचूक औषधि नभएको भएपनि यूएस न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजले गरेको अध्ययनले रेम्डेसिभिरको प्रयोग गर्दा कोरोना भाइरस सङ्क्रमणपछि विकसित भएका लक्षणहरू हराउन १५ दिनबाट ११ दिनमा झरेको दाबी गरेको थियो ।

Loading...