Rumpum

Rumpum Advertisement

बाँकेमा एकै दिन ३० प्रहरीमा संक्रमण

बाँकेमा एकै दिन ३० प्रहरीमा संक्रमण

बाँके, २५ साउन । बाँकेमा आइतबार एकै दिन ३० जना प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा वडा प्रहरी कार्यालय नेपालगञ्जका २९ जनासहित ३० जना प्रहरीलाई कोरोना पुष्टि भएको हो ।

तीमध्ये एक जना बागेश्वरी मन्दिरमा ड्युटी भएका प्रहरी हुन् । वडाका प्रहरी इन्चार्जलाई पनि कोरोना देखिएको छ ।

यसअघि वडा प्रहरी कार्यालयका छ जना प्रहरीलाई कोरोना भाइरस देखिएपछि वडा प्रहरी कार्यालय सिल गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले आज मात्रै ३० जना प्रहरीसहित बाँकेमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

भेरी अस्मापतालमा आज गरिएको परीक्षणमा दाङका तीन जनालाई पनि कोरोना पुष्टि भएको छ ।