Rumpum

Rumpum Advertisement

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७५ पुग्यो

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७५ पुग्यो

विराटनगर, २५ साउन । नेपालमा पछिल्लो २४ घण्टायता कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको ब्रिफिङका क्रममा थप दुई जनाको कोरोनाबाट ज्यान गएको पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले कास्कीका ६२ वर्षीय पुरुष र पर्साका २० वर्षीया युवतीकाे काेराेनाबाट ज्यान गएको जानकारी दिए ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या ७५ पुगेको छ ।

संक्रमण पुष्टि हुनेकाे संख्या २३ हजार नजिक पुगेकाे छ । आइतबार थप ३८० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २२ हजार ९७२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ४० जना निको भएर डिस्चार्ज भएको जानकारी दिएको छ । यससँगै संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ३५३ पुगेको छ ।