Rumpum

Rumpum Advertisement

दोब्बर मूल्यका बिक्रीमा राखिएका तरकारी बरामद

दोब्बर मूल्यका बिक्रीमा राखिएका तरकारी बरामद

धरान, २५ साउन । लकडाउनको मौका छोपी दोब्बर मूल्य राखी बिक्री गरिँदै गरेको अवस्थामा धरानका विभिन्न स्थानबाट पाँच क्विन्टल तरकारी बरामद गरिएको छ ।

धरानको सिंहदेवी चोक, भानुचोक, छाताचोक, पुरानो बजार, अन्नपूर्ण चोक, समी चोक, जिरोपोइन्ट, टेलिकम अफिसअगाडि, पिण्डेश्वरी चोक, शान्तिपथ र मदन आश्रित मार्गमा गरिएको अनुगमनको क्रममा ठेला, रिक्सा र किराना पसल अगाडि बेचिरहेको अवस्थामा नगर प्रहरील तरकारी बरामद गरेको हो ।

लकडाउनको फाइदा उठाउँदै दोब्बर मूल्यमा तरकारी बेचबिखन गर्ने गरेको भन्ने जानकारी आएपछि अनुगमन गरिएको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए ।

लकडाउनको पूरै अवज्ञा गरेर टमाटर एक सय ५० देखि एक सय ७० सम्म र आलु एक सय ३० देखि एक सय ४० रुपैयाँसम्ममा किनबेच गरिरहेको पाइएकाले तरकारी जफत गरिएको कोइरालाले बताए ।