Rumpum

Rumpum Advertisement

कोरोना संक्रमण पुष्टि हुनेकाे संख्या २३ हजार नजिक

कोरोना संक्रमण पुष्टि हुनेकाे संख्या २३ हजार नजिक

विराटनगर, २५ साउन । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुनेकाे संख्या २३ हजार नजिक पुगेकाे छ ।

आइतबार थप ३८० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २२ हजार ९७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

विभिन्न ३७ वटा प्रयाेगशालामा गरिएकाे परीक्षणमा थप ३८० जनामा काेराेना पाेजिटिभ देखिएकाे मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले जानकारी दिए ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ४० जना निको भएर डिस्चार्ज भएको जानकारी दिएको छ । यससँगै संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ३५३ पुगेको छ ।

काेराेनाबाट ज्यान जानकाे संख्या ७५ पुगेकाे छ ।