birat ribon

थुनुवासहित चितवन प्रहरीका तीनजनामा संक्रमण

Neuro
थुनुवासहित चितवन प्रहरीका तीनजनामा संक्रमण

चितवन, २५ साउन । जिल्ला प्रहरी कार्यालय चितवनका दुई प्रहरी र एक थुनुवामा कोरोना संक्रमण देखिएको छ । चितवन प्रहरीमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा १२ प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ ।

भरतपुर अस्पतालमा शनिबार गरिएको परीक्षणबाट इलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत एक, जिल्ला ट्राफिक कार्यालय (चितवन)मा एक र जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

cura insider

इलाका प्रहरी कार्यालय (टाडी) का ती प्रहरी बिदाबाट फर्किएर आएको र क्वारेन्टिनमै रहेका बेला कोरोना संक्रमण पुष्टि भएको हो ।

हिरासतमा रहेका सबैको तत्काल पीसीआर परीक्षण गरिने चितवन प्रहरीले जनाएको छ ।

हिरासतमा रहेकाहरुसँग कानुन व्यवसायी र परिवारका सदस्यबाहेक अन्यलाई भेटघाट गर्न प्रतिबन्ध लगाइएको प्रहरीले जानकारी दिएको छ ।

jackson ribon