बार्सिलोना र वायर्न क्वार्टरमा

विराटनगर, २५ साउन । युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्सिलोना र वायर्न म्युनिख प्रवेश गरेका छन् ।

शनिबारराति भएको खेलमा स्पेनीस क्लब बार्सिलोनाले इटालियन क्लब नेपोलीलाई ३–१ गोल अन्तरले हरायो । पहिलो खेलमा १–१ को बराबरी खेलेको बार्सिलोन सामु दोस्रो खेलमा नेपोली निरिह बन्यो । समग्रमा ४–२ को नतिजा हात पार्दै बार्सिलोना अन्तिम ८ मा पुग्यो ।

बार्सिलोनाका लागि शनिबार लेङ्गलेटले १० मिनेटमा पहिलो गोल गरे भने लिओनल मेसीले २३ मिनेटमा अग्रता दोब्बर पारे। पहिलो हाफको इन्जुरी समयमा दुवै टिमले पेनाल्टीमार्फत १–१ गोल गरे।

बार्सिलोनाका लागि लुइस सुआरेजले गोल गरे । नेपोलीका इनसाइनले गोल फर्काए। दोस्रो हाफमा भने कुनै गोल भएन।

यता पहिलो खेलमा ३–० को नतिजा उम्काएको वायर्नले शनिबारनै चेल्सीलाई ४–१ ले हरायो। समग्रमा ७–१ ले अघि रहेको वायर्नले अन्तिम ८ मा बार्सिलोनासँग भेट पक्का बनायो ।

शनिवार उसका लागि रोवर्ट लिवान्डोस्कीले पेनाल्टीमार्फत १० मिनेटमा पेनाल्टी र ८३ मिनेटमा गरेर दुई गोल गरे । पेरिसिकले २४ र टोलिसोले ७८ मिनेटमा गोल थप्दा उसले फराकिलो अन्तरको जित निकाल्न सक्यो ।

चेल्सीका लागि ४४ मिनेटमा अब्राहमले सान्त्वना गोल गरे । अन्तिम ८ मा वायर्न र बार्सिलोनाबीच खेल भएपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनल समीकरण पूरा हुने छ ।

Loading...