स्पेनका पूर्व राजा कार्लोस युएईमा

विराटनगर, २५ साउन । स्पेनका पूर्व राजा ख्वान कार्लोस संयुक्त अरब इमिरेट्स (युएई) पुगेको एउटा तस्बिरले पुष्टि गरेको छ ।

भ्रष्टाचार अभियोगको अनुसुन्धानमा जोडिएपछि उनले यसअघि गत सोमबार नै देश छोड्ने निर्णय गरेका उनी विशेष विमान मार्फत युएईमा अवतरण गरेको बताइएको छ । स्पेनिस सञ्चार समूह एनआइयुएसले सार्वजनिक गरेको तस्बिरमा ८२ वर्षीय पूर्व राजा कार्लोस अबुधाबीमा विमानबाट झर्दै गरेको देखिएको छ ।

छोरा फेलिपेलाई ६ वर्षअघि कार्लोसले सत्ता हस्तान्तरण गरेका थिए । कार्लोसले भ्रष्टाचारका विषयमा कोही कसैले अन्तर्वार्ता लिन खोजेमा आफू तयार रहेको स्पष्ट पारेका छन् ।

गएको जुनमा स्पेनको सर्वोच्च अदालतले साउदी अरेबियामा तीव्र गतिको रेल बनाउने सम्बन्धी सम्झौतामा पूर्व राजाको संलग्नताबारे अनुसन्धान सुरु गरेको थियो । अति निपूर्णता पूर्वक स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रको मार्गमा ल्याएका कार्लोसका लागि यो अपमानजनक बहिर्गमन रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

Loading...