प्रदेश ५ की महिला सांसदलाई कोरोना

विराटनगर, २५ साउन । प्रदेश ५ की महिला सांसद कृष्णा केसीलाई कोरोना संक्रमण भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको थियो । सांसद केसी आफ्नो निर्वाचन क्षेत्र नरैनापुरमा कोरोना महामारीका बेला आयोजित विभिन्न कार्यक्रममा सहभागी हुने गरेकी थिइन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की सांसद केसीले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् । उनले आफ्नो नजिक सम्पर्कमा आएकाहरुलाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह गरेकी छिन् ।

Loading...