नोबेलका दुई चिकित्सकमा कोरोना

विराटनगर, २५ साउन । विराटनगरस्थित नोबेल मेडिकल कलेजका दुई जना डाक्टरमा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाल ल्याबमा गरिएको परीक्षण रिपोट अनुसार नोबेल अस्पतलाका दुई जना डाक्टरमा कोरोना संक्रमण देखिएको हो ।
लक्षण देखिएपछि शुक्रबार स्वाब संकलन गरि प्रदेश जनस्वास्थ्य प्रशायोगशाला पठाएको रिपोट अनुसार शनिबार दुई जनामा चिकित्सकमा संक्रमण देखिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनले संक्रमण देखिएको ‘रेसिडेन्ड’ डाक्टर रहेको बताए । संक्रमित चिकित्सक मेडिकल कलेजमा एमडी तेस्रो बर्षमा अध्ययरत रहेको बुझिएको छ ।

यसअघि विराटनगरका अन्य ठूला अस्पतालहरूमा पनि चिकित्सक र कर्मचारीहरूलाई संक्रमण देखिएको छ । यसैगरि विराट नर्सिङ्ग होमका वरिष्ठ चिकित्सक तथा संचालक र स्वास्थ्यकर्मीहरुमा पहिलोपटक देखिएको कोरोनाको संक्रमण तीव्र रुपमा विराटनगरका अन्य अस्पतालतिर पनि सरेको छ ।

दुई साताभित्र प्रदेश प्रहरीमा कार्यरत प्रहरी, तरकारी व्यापारी, पान पसले र प्रदेशका उच्च पदस्थ पदाधिकारीमा पनि संक्रमण पुष्टि भएको छ । चिकित्सक, स्वास्थ्यकर्मी, प्रहरी प्रदेशका उच्च पदाधिकारीमा भएको संक्रमणको स्रोत नखुले पनि अस्पताल हुँदै संक्रमण समुदायसम्म पुगेको तथ्यलाई महानगरलेसमेत स्वीकार गरेको छ ।

उनीहरुलाई देखिएको संक्रमणको ट्राभल्स हिस्ट्री पत्ता नलग्दा कहाँ बाट फैलियो संक्रमण पत्ता लागउन गारो भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए । ‘अहिले पछिल्लो समय देखिएको संक्रिमतको ट्राभस हिस्ट्री देखिएको छैन,’ उनले भने, ‘जसले गर्दा संक्रिमतलाई कहाँबाट कारोना देखियो पत्ता लगाउन सारो परेको छ ।’ आजको ब्लाष्ट टाइम्स दैनिकमा समाचार छ

Loading...