ग्लोबल आईएमई बैंकका एक कर्मचारीमा कोरोना पुष्टि

विराटनगर, २४ साउन । सिरहाको लहान नगरपालिकामा आज एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

लहान नगरपालिकामा रहेको ग्लोबल आईएमई बैंकमा कार्यरत एकजना कर्मचारीमा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा लहानका स्वास्थ्य अधिकृत रामसुन्दर यादवले बताए ।

संक्रमण पुष्टि भएपछि उक्त बैंकलाई शील गर्ने तयारी भइरहेको बताइएको छ । एक कर्मचारीमा संक्रमण पुष्टि भएपछि बैंकका सम्पूर्ण कर्मचारीको स्वाब संकलन गर्ने जनाइएको छ ।

Loading...