नेपालमा थप ३७८ संक्रमित थपिए

विराटनगर, २४ साउन । नेपालमा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३७८ जनामा संक्रमण पुष्टि भएको हो ।

याे सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २२ हजार ५ सय ९२ पुगेकाे छ । ती मध्ये १६ हजार ३ सय १३ संक्रमण मुक्त भएका छन् ।

Loading...