आरती स्ट्रिप्सका १२ मजदुरमा कोरोना संक्रमण

विराटनगर, २४ साउन । मोरङको बुढीगंगा गाउँपालिका– १ मा रहेको आरती स्ट्रिप्स इण्डस्ट्रिजका १२ जना मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार उद्योगमा कार्यरत १२ जना मजदुरमा कोरोना संक्रमण पुष्टि भएको हो । उद्योगमा कार्यरत थप तीनजना कर्मचारीमा पनि संक्रमण देखिएकाे छ । कर्मचारी मध्येका एकजना कार्यालय सहयाेगी, एकजना टाइम किपर र बजार व्यवस्थापकलाई पनि संक्रमण देखिएकाे छ । तर स्थानीय प्रशासनले पुष्टि गरिसकेकाे छैन ।

उद्योगमा पाँचसय बढी कर्मचारी छन् । शुक्रबार उद्योगमा कार्यरत ३० मजदुरको स्वाब संकलन गरिएको थियो । जसमा १२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

यस अघि उद्योगमा कार्यरत ४ जना मजदुरमा काेराेना पाेजेटिभ देखिएकाे बुढीगंगा गाउँपालिका – १ का अध्यक्ष युवराज पाैडेलले जानकारी दिए । शनिबार १२ जना संक्रमण पुष्टि भएसँगै संक्रमित कामदारकाे संख्या १६ पुगेकाे छ ।

कोरोना जाँचका लागि बुढिगंगा गाउँपालिकाले उद्योग शिल गर्न पत्र पठाएपनि उद्योग निरन्तर सञ्चालनमा छ । जसका कारण संक्रमणको त्रास बढेको छ ।

Loading...