birat ribon

सवारीको चाप कम

Neuro
सवारीको चाप कम

काठमाडौ, २४ साउन । कोरोना सक्रमणको दर बढ्न थालेपछि सरकारले लागू गरेको जोरविजोर प्रणालीका कारण उपत्यकामा सवारी चाप कम देखिएको छ ।

जोरविजोर प्रणालीमा सवारी सञ्चालन, संक्रमणको जोखिम बढ्नु र अत्यावश्यकबाहेकका सेवाहरु बन्द भएका कारण सवारीको चाप कम देखिएको हो । पछिल्लो केही दिनयता उपत्यकामा संक्रमणको दर बढ्न थालेपछि सरकारले सवारी सञ्चालनमा जोरविजोर प्रणाली सुरु गरेको थियो ।

cura insider

शुक्रबार मात्रै उपत्यकाभित्रका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यकबाहेकका सेवाहरु तत्कालका लागि बन्द गर्ने निर्णय गरेका थिए । जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता वितरण, हातहतियार दर्ता नवीकरण, संस्था दर्ता नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण र नाबालिग परिचयपत्र वितरणलगायतका सेवाहरु तत्कालका लागि बन्द भएका छन् । प्रशासन कार्यालयहरुले अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीहरुलाई अनिवार्यरुपमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न पनि आग्रह गरेको छ ।

शुक्रबार नै उपत्यकामा अहिलेसम्मकै बढी १२४ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । असार २६ गतेबाट उपत्यकालगायत देशभरि जिल्लाभित्र मात्रै सवारी सञ्चालन गर्ने निर्णय सरकारले गरेको थियो ।

सरकारले आवश्यक मापदण्ड पूरा गरी सवारी सञ्चालन गर्न निर्देशन दिएपछि अधिकांश सार्वजनिक सवारीसाधनले सेनिटाइजर प्रयोग नगरेको पाइएको छ । मास्क प्रयोग गरेको भए पनि सेनिटाइजरको प्रयोग नगर्ने र बसमा दुरी कायम नगरी यात्रुलाई राख्ने गरेको पाइएको छ ।
शुक्रबार मात्रै उपत्यकामा एक सय २४ जना कोरोना भाइरसका संक्रमित देखिएका थिए । शनिबार अरु दिनको तुलनामा उपत्यकाका सडकहरुमा न्यून मात्रामा सवारी चलेका छन् ।

jackson ribon