यौन सुख बढाउन किचनमा यी शब्जी थपौं

विराटनगर, २२ साउन । बढ्दो उमेरमात्र नभइ खानपानमा समेत ध्यान नदिँदा तपाईंलाई यौन जीवनमा केही समस्या देखिएको हुन सक्छ ।

धुम्रपान लागू औषध, मादक पदार्थको अति सेवनलगायतका कारण तपाईंलाई यौनप्रतिको रुचि घट्दै जान्छ भने केही यस्ता चीजलाई खानामा थप्दा सुखमय यौन जीवनको आनन्द लिन सक्नुहुन्छ ।

यौनइच्छा बढाउन चाहना राख्नु भएको छ भने धूम्रपान, मद्यपान र लागू औषधबाट टाढै रहेर भन्सारमा यी तरकारी र सलाद थप्नु होला ।

तपाईंको भान्सामा दिनहुँ गोलभेंडा आउने गरेको छ भने यसलाई सलादको रूपमा समेत सेवन गर्न थाल्नुहोस् ।

गोलभेडा रातो बनाउने लाइकोपिन तत्त्वले मानिसमा चाहिँ यौनइच्छा बढाउन मद्धत गर्छ । यौन जीवनमामात्र नभइ पुरुषहरूमा हुने प्रोष्टेट क्यान्सरको जोखिमसमेत लाइकोपिनले घटाउने विज्ञहरूको दाबी छ ।

अनी पालुङ्गोको साग तपाईंलाई मन पर्छ कि पर्दैन् यो सोच्नुभन्दा अब हरेक दिन भान्सामा यसको साग पनि ल्याउन थाल्नुहोस् ।

पालुङ्गोको सागले तपाईंको यौन क्षमतालाई बढाउँदै लान्छ । किनकि पालुङगोको सागले रक्तप्रवाहमा वृद्धि गर्छ । जसले यौनाङ्गगमा समेत रक्तप्रवाह बढ्ने र यौन क्षमतामा वृद्धि हुने गर्छ ।

भिण्डीमा विभिन्न किसिमका भिटामिन तथा जिङ्क तत्वहरू पाइन्छ । यी तत्त्वले सम्भोगमा देखिएका धेरै समस्यालाई हटाउँछ जसले गर्दा यौन क्षमतामा वृद्धि हुन्छ ।

यसैगरी प्याज पनि यौन क्षमता बढाउन लाभकारी छ । यसको सेवनले यौनाङ्गको स्वास्थ्यमा सुधार गर्दै यौनइच्छा समेत बढाउने गर्छ ।

ब्रोकाउली सिजनेबल तरकारी भएपनि सिजनमा भने यसलाई भन्सामा सधैँ राख्नु नै बुद्धिमानी हुन्छ किनकि यसमा पाइने पौष्टिक तत्त्वले यौन क्षमतामा वृद्धि ल्याउनुका साथै समग्र स्वास्थ्यका लागि लाभदायी छ ।

लसुन र गाँजर पनि यसै सूचिमा रहेको छ । लसुनमा कामोत्तेजना वढाउने तत्त्व पाइन्छ लसुनको अर्काे फाइदा भनेको रक्तनलीलाई संकुचन हुन दिँदैन ।

गाँजर पाइने भिटामिन ‘ए’ को कारणले पुरुषको शुक्रकिट बढाउने हुँदा यसको नियमित सेवनले हुने फाइदा बुझाइरहनु नपर्ने भयो । यसको नियमित सेवनले पुरुष कामुक तथा आकर्षक देखिने दाबी विज्ञहरूको छ ।

अन्तिममा गान्टेमुला पनि भेटेसम्म सेवन गर्दा फाइदैफाइदा छ । यसमा पाइने नाइटेट नामक तत्वले यौनाङ्गमा रक्तप्रवाह बढाउने काम गर्छ जसले तपाईंको यौन क्षमतामा वृद्धि हुन्छ ।

यसको प्रयोग दिनहुँ गर्दा हर्माेनको सन्तुलन हुने र यौन जीवनमा समेत सकरात्मक पाइदा पुग्छ । तर यी तरकारीमा धेरै चिल्लो र पिरो बनाएर खान भने नहुने सल्लाह डाक्टरहरूको छ ।

Loading...