डायनोसोरमा क्यान्सर हुने गरेको प्रमाणित

एजेन्सी, २२ साउन । पहिलोपटक अनुसन्धानले डायनोसोरलाई पनि क्यान्सर हुने गरेको प्रमाणित भएको छ ।

७ करोड ६० देखि ७० लाख वर्ष पुरानो डायनोसर अस्टियोसर्कोमा नामक एक आक्रामक घातक क्यान्सरबाट पीडित भएको पत्ता लाग्यो जसले आजसम्म मानिसहरूलाई पीडित गरिरहेको छ ।

सन् १९८९ मा क्यानाडाको अल्बर्टा प्रान्तमा सेन्ट्रोसौरस अपर्टस डायनासोरको जीवाश्मका रूपमा प्राप्त भएको जुन हड्डी भाँच्चिएको ठानिएको थियो ।

तर, अधिक विस्तृत विश्लेषणमा आधुनिक चिकित्सा प्रविधिहरूको प्रयोग गरेर हेर्दा डायनासोर ओस्टियोसरकोमा भएको पत्ता लाग्यो, जुन आज मानवमा सामान्यतया दोस्रो वा तेस्रो दशकमा देखा पर्छ । अव्यवस्थित हड्डीको अत्यधिक वृद्धि फोक्सोसहित अन्य अंगहरूमा द्रुत रूपमा फैलिन्छ ।

जीवाश्म रेकर्डमा रोग र संक्रमणको अध्ययनमा जीवाश्म हड्डीको विश्लेषण गर्ने टोलीमा रोगविज्ञान, रेडियोलोजी, आर्थोपेडिक शल्यक्रिया र प्यालेओपाथोलजी जस्ता विविध क्षेत्रका विज्ञहरू समावेश थिए ।

माइक्रोस्कोप अन्तर्गत हड्डीको पातलो स्लाइस अध्ययन गर्नुअघि हड्डीको परिक्षण, कास्ट र सीटी स्क्यान गरिएको थियो ।

अनुसन्धानका क्रममा डायनोसरमा त्यस्ता थुप्रै रोगहरू लाग्थे जुन सामान्य रूपमा मानव र अन्य जनावरहरूलाई लाग्ने गरेको पत्ता लागेको छ ।

Loading...