विराटनगरमा कोरोना संक्रमितको संख्या १९१ पुग्यो

विराटनगर, २२ साउन । विराटनगर महानगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या १९१ पुगेको छ । ३ हजार २०८ जनाको पीसीआर परीक्षण गर्दा १९१ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि विराटनगरका दुई अस्पताल सिल भएका छन् । मोरङ सहकारी अस्पताल र गोल्डेन अस्पताल सिल भएका हुन् ।

यसैगरी कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४३ पुगेको छ ।

विराटनगरमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या २ रहेकाे छ । विराटनगर-५ र ९ का एक-एक जनाकाे काेराेनाबाट ज्यान गएकाे हाे ।

Loading...