प्रिमियर लिगमा तीन खेलाडी मात्र परिवर्तन गर्न पाइने

एजेन्सी, २२ साउन । अब इंग्लिस प्रिमियर लिग फुटबलमा एक खेलमा तीन खेलाडी मात्र परिवर्तन गर्न पाइने भएको छ । आगामी सिजनदेखि प्रियिमर लिगमा तीन खेलाडी मात्र परिवर्तन गर्न पाइने भएको हो ।

प्रिमियर लिग क्लबहरूले २०२०–२१ को सिजनमा पाँच खेलाडी परिवर्तनको विरुद्धमा भोट गरेका थिए ।

नवप्रवेशी क्लबहरू लिड्स, वेस्ट ब्रुम र फुलह्यामसहित २० क्लबले फिफाको पाँच खेलाडी परिवर्तन गर्न पाउने नियमविरुद्ध मतदान गरेका हुन् । बिहीबार प्रिमियर लिगका शेयरहोल्डरहरूसँगको छलफलपछि प्रिमियर क्लबहरूले फिफाको नियमविरुद्ध भोट गरेका हुन् ।

कोरोनाको महामारीका कारण फिफाले आगामी सिजन पाँच खेलाडी परिवर्तन गर्न अनुमति दिएको थियो । प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बर १२ बाट सुरु हुँदैछ ।

Loading...