इलामको सूर्योदय नगरपालिकामा अनिश्तिकालीन लकडाउन

साउन, २२ साउन । इलामको सूर्योदय नगरपालिकाले अनिश्तिकालीन लकडाउन गर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिको बिहीबार बसेको आकस्मिक बैठकले कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै आज राति १२ बजेदेखि लागू हुनेगरी लकडाउन गर्नेे निर्णय गरेको हो ।

नगरपालिका प्रमुख रण बहादुर राईका अनुसार नगरपालिका क्षेत्रमा कोरोनाको प्रकोप समुदायमा नफैलियोस् भन्ने उद्देश्यका साथ लकडाउन गर्ने निर्णय भएको हो ।

सूर्योदय नगरपालिकामा आजैमात्र वडा न ११ स्थित शसस्त्र प्रहरी बल आइतबारेमा कार्यरत एक प्रहरी जवानमा कोरोना भाईरस देखिएपछि उक्त क्षेत्र सिल गरिएको छ ।

Loading...