Rumpum

Rumpum Advertisement

विराटनगरको मोरङ सहकारी अस्पतालका कर्मचारीमा कोरोना संक्रमण, अस्पतालकाे सेवा बन्द

विराटनगरको मोरङ सहकारी अस्पतालका कर्मचारीमा कोरोना संक्रमण, अस्पतालकाे सेवा बन्द

विराटनगर, २२ साउन । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि विराटनगरको मोरङ सहकारी अस्पतालको सेवा बन्द भएको छ ।

बिहीबार पाँचजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको इमरजेन्सी र ओपीडीसहित सबै सेवा बन्द भएकाे हाे ।

अस्पताल सञ्चालक विकास अधिकारीका अनुसार बिहीबार पाँचजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी आएपछि आकस्मिक र ओपीडीसहित सबै सेवा बन्द गरिएको हाे ।

अस्पतालमा भर्ना भइसकेका बिरामीकाे उपचार भने जारी रहनेछ ।

‘स्वाब संकलन गरिएकामध्ये पाँचजनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी आएको छ,’ उनले भने, ‘थप जोखिम बढेपछि आकस्मिक सेवा पनि बन्द गरेका छौं ।’ सेवा बन्द गरेर अस्पताल निर्मालीकरण गर्ने तयारी भइरहेको उनले बताए ।

कोरोना संक्रमणका कारण विराटनगरको न्यूरो, गोल्डेन अस्पतालले ओपीडी र आकस्मिक सेवा बन्द गरेका छन् ।

सञ्चालकलाई कोरोना संक्रमण देखिएपछि बन्द भएको विराट नर्सिङहोम मंगलबारयता सञ्चालनमा छ ।