Rumpum

Rumpum Advertisement

कलैया अस्पतालमा एक डाक्टरसहित १० जनामा कोरोना

कलैया अस्पतालमा एक डाक्टरसहित १० जनामा कोरोना

बारा, २२ साउन । बाराको कलैया अस्पतालमा एक डाक्टरसहित १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले कलैया अस्पतालमा एक जना डाक्टरसहित दस जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

अस्पतालका चिकित्सक र कर्मचारी र अन्य गरी ५८ जनाको स्वाब संकलन गरी २० साउनमा नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।

संक्रमित हुनेहरूमा १ जना डाक्टर, २ जना नर्स, २ जना स्वीपर, १ जना फार्मेसी, १ जना एक्सरे र बाँकी ३ जना अन्य रहेको अस्पतालका प्रमुख डाक्टर वीरेन्द्र मण्डलले जानकारी दिए ।

१४ जनाको रिपोर्ट आउन अझै बाँकी छ ।