विपिन कार्की अभिनित म्युजिक भिडियो ‘डर छैन’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, २२ साउन । कोरोना संक्रमणको जोखिमका कारण फिल्मको छायांकन रोकिएपछि अभिनेता तथा अभिनेत्रीहरू म्युजिक भिडियोतिर आकर्षित भएका छन् ।

यस्तैमा अभिनेता विपिन कार्की पनि म्युजिक भिडियोमा देखिएका छन् ।

उनले अभिनय गरेको तेस्रो म्यूजिक भिडियो ‘डर छैन’ सार्वजनिक भएको छ । बिहीबार ‘१२ नोट’ नामक युटुब च्यानलमार्फत् सो म्युजिक भिडियो सार्वजनिक भएको हो ।

फिल्म ‘फाटेको जुत्ता’का निर्देशक निकेश खड्काले निर्देशन गरेको ‘डर छैन’ बोलको गीतमा अभिनेता कार्कीले भरियाको भूमिकामा अभिनय गरेका छन् ।

भिडियोमा विपिनबाहेक लोकमणि सापकोटा र श्रावनी थापाको अभिनय रहेको छ । भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।

गीततर्फ भने सन्तोष लामाको स्वर रहेको छ । नारायण गौतमको शब्द रहेको सो गीतमा हरि लम्लासलले संगीत भरेका छन् ।

कोरोनाको महामारी अन्त्य भएपछि विपिन फिल्म ‘के घर के डेरा’ को छायांकनमा व्यस्त हुनेछन् ।

Loading...