‘जिदानले सिटीलाई च्याम्पियन्स लिगबाट आउट गरिदिन सक्छन्’

एजेन्सी, २२ साउन । फ्रान्सका पूर्वखेलाडी निकोलास अनेल्काले रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिगबाट आउट गरिदिन सक्ने बताएका छन् ।

‘मार्का’सँगको कुराकानीमा रियल तथा सिटीका पूर्वखेलाडी अनेल्काले यस्तो बताएका हुन् ।

च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत दोस्रो लेगको खेलमा रियलले सिटीको सामना गर्दैछ । ७ अगस्टमा हुने यो खेल सिटीको मैदान इतिहादमा हुनेछ ।

फेब्रुअरीमा सान्टियागो बर्नाबेउमा भएको खेलमा २–१ गोलले पराजित रियललाई यस खेलमा दबाब छ ।

तर, पूर्वखेलाडी भने जिदानले नतिजा उल्ट्याउँदै सिटीमाथि जित निकाल्नेमा अनेल्का विश्वस्त छन् । अनेल्काले आफ्नो करिअरमा पीएसजी, रियल, आर्सनल, चेल्सी, सिटीबाट खेलेका थिए ।

शुक्रबारको खेलमा रियलले कमब्याक गर्ला भन्ने प्रश्नमा उनले भने, ‘पक्कै पनि जिदानसँग, सबैकुरा सम्भव छ । सिटी पनि राम्रो लयमा छ । यो खेल कठिन हुनेछ तर च्याम्पियन्स लिगमा मड्रिड भनेको मड्रिड नै हो । उनीहरू धेरै बलिया छन् ।’

‘मलाई थाहा छैन कि खेलको नतिजा के हुनेछ । तर, जिदान सिटीविरुद्ध कमब्याम गर्न योग्य छन् । तथापि, ग्वार्डीओलाको नेतृत्त्वको टोली पनि धेरै राम्रो छ । यसैले यो खेल एक भब्य हुनेछ । सिटीले पहिलो लेगमा फाइदा उठाएको पनि छ,’ उनले थपे ।

Loading...