रीना र युनिस उत्कृष्ट घोषित

काठमाडौं, २२ साउन । काठमाडौंका युनिस गौतम र विभागीय टोली त्रिभुवन आर्मीकी रीना धिमाल आइटिएफ तेक्वान्दोका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल आईटिएफ तेक्वान्दोको २३औं बार्षिक उत्सवका अवसरमा महासंघले वर्ष २०१९ का उत्कृष्ट पुरुष खेलाडीको रूपमा युनिस र उत्कृष्ट महिला खेलाडीको रूपमा रीनालाई घोषणा गरेको हो ।

युनिस काभ्रे जुनियर राष्ट्रिय आईटिएफ च्याम्पियनसिपका उत्कृष्ट खेलाडी हुन् भने रीना १९औं राष्ट्रिय आईटिएफ च्याम्पियनसिमा तीन स्वर्ण पदक जित्न सफल भएकी थिइन् । रीनाले स्पाइरिङ, प्याटर्न र ग्रुप स्पाइरिङमा स्वर्ण पदक हात पारेकी थिइन् ।

यस्तै उत्कृष्ट प्रशिक्षक काभे्रका राजमन्दीर श्रेष्ठ घोषित भए । संघले उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई नगद पाँच हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरेको छ । उत्कृष्ट सबैलाई राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोइराला, आईटिएफका सल्लाहकार लीलबहादुर थापा मगरलगायतले पुरस्कार वितरण गरे ।

वार्षिक उत्सवकै अवसरमा नेपाल आइटिएफ महासंघले आउट स्टान्डिङ इन्सटक्टरको रूपमा रूपसिंह माेक्तानलाई चयन गरेको छ । यस्तै उदयीमान इन्सटक्टरको उपाधि रोल्पाका विक्रम बाठा मगरलाई प्रदान गरिँदा उत्कृष्ट जिल्लाको उपाधि मोरङले हात पारेको छ । उत्कृष्ट प्रदेश २ नं रह्यो । उत्कृष्टलाई सम्मानपत्र प्रदान गरिएको छ ।

Loading...