Rumpum

Rumpum Advertisement

म्युजिक फिल्म ‘तीनपाते’ सार्वजनिक (भिडियोसहित)

म्युजिक फिल्म ‘तीनपाते’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, २२ साउन । नवीन चौहान निर्देशित म्युजिक फिल्म ‘तीनपाते’ सार्वजनिक भएको छ ।

गीति–कथाको रूपमा प्रस्तुत गरिएको ९ मिनेट लामो भिडियोलाई आर्टमाण्डु नामक युट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

हर्क साउद शब्द सिर्जना रहेको गीतमा सुजन चापागार्ईंको स्वर तथा संगीत रहेको छ भने सुजनलाई विद्या तिवारीले गायनमा साथ दिएकी हुन् । गीतको संगीत संयोजन गंगा थापाले गरेका छन् ।

‘तीनपाते’ले ग्रामिण जनजीविकालाई पृष्टभूमिमा राखेर एउटा युवाको सपना, संघर्ष र सफलताको उत्साहजनक कथालाई भिडियोमा देखाइएको छ ।

उक्त गीति–कथाले नेपालमा अवस्थित संगीत कथनको अभ्यासलाई अर्को तहमा पुर्‍याउनेमा चौहान आशावादी छन् ।

गीति कथामा मिलन खत्री, अनु काफ्लेको मूख्य भूमिका रहेको छ । साथै, सम्रान्त थापा, नयन नेपाल आयुष्मा काफ्ले, मुना धिताल, हर्क साउद, कविता थापा, विष्णु खत्री, सुजन खत्रीलगायतको अभिनय छ ।

यसअघि नवीनले निर्देशन गरेकाे ‘के माया लाग्छ र’ म्युजिक भिडियो निकै रुचाइएको थियो ।