भिटामिन ‘के’ अभावका सामान्य लक्षण

विराटनगर, २२ साउन । अन्य भिटामिन र खनिजहरू जस्तै, हाम्रो शरीरलाई भिटामिन ‘के’को पनि पर्याप्त मात्रा चाहिन्छ ।

भिटामिन ‘के’ एक आवश्यक फ्याट–घुलनशील पोषक तत्व हो जुसले हड्डी, मुटुको स्वास्थ्य, बल्ड क्लट गर्न र मस्तिष्कको कार्यमा मद्दत गर्न प्रमुख भूमिका खेल्छ । शरीरका लागि आवश्यक खनिज भए पनि, भिटामिन ‘के’को बारेमा धेरैले सुनेका छैनन् । सचेतनाको अभाव नै कारण विश्वव्यापी वयस्कहरूको ३१ प्रतिशत जनसंख्यामा भिटामिन ‘के’ अपर्याप्त मात्रामा रहेको छ ।

शरीरमा मुख्यता ब्लड क्लट र ब्लिडिङ रोक्न भिटामिन ‘के’ आवश्यक छ । वयस्कहरूमा भिटामिन ‘के’को अभाव विरलै हुन्छ तर, नवजात शिशुहरू जोखिममा पर्ने गर्छन् । दैनिक खाइरहेको खानामा धेरैजसो भिटामिन ‘के’को पर्याप्त मात्रा हुने गर्छ । तर, केही औषधि र स्वास्थ्य अवस्थाले भिटामिन ‘के’ अवशोषण र सिर्जनामा हस्तक्षेप गर्न सक्छन् । शरीरमा भिटामिन ‘के’को अभावका केही सामान्य संकेतहरू देखापर्ने गर्छन् ।

भिटामिन ‘के’ अभावले रगतलाई जमाउन गाह्रो बनाउँदछ, जसकारण सानो चोट लाग्दा पनि अत्यधिक रगत बग्ने गर्छ । धेरै मात्रामा रगत गुम्न सक्ने हुदाँ यसले गम्भीर घाइते भएपछि मृत्युको जोखिम बढाउँछ । महिनावारीको समयमा अत्यधिक रक्तश्राव र नाकबाट रक्तस्राव केही मौन संकेत हुन् । भिटामिन ‘के’ हड्डीहरू स्वस्थ र बलियो राख्न पनि महत्वपूर्ण खनिज हो ।

केही अध्ययनहरूले भिटामिन ‘के’ सेवनको पर्याप्त मात्रालाई उच्च हड्डी, खनिज घनत्वसँग जोडेका छन् । यस पोषक तत्वको अभावले अस्टियोपोरोसिस समेत निम्त्याउन सक्छ जसकारण जोर्नी र हड्डीहरूमा पीडा भोग्नुपर्ने हुन्छ । भिटामिन ‘के’को कमीले शरीरमा सजिलै चोट लाग्ने वा दाग बस्न सक्छ । एउटा सानो टक्कर लाग्दा पनि ठूलो चोटमा परिवर्तन हुन सक्दछ, जुन चाँडै निको हुँदैन ।

भिटामिन ‘के’ को अपर्याप्त सेवनले पनि विभिन्न ग्यास्ट्रोइंटेस्टाइनल समस्या निम्त्याउँछ जसले पिसाब र दिसामा रगत आउने सम्भावनालाई बढाउँछ । गिजावाट रगत आउने तथा दाँतसम्बन्धी समस्याहरू भिटामिन ‘के’ अभावका अन्य सामान्य लक्षणहरू हुन् ।

Loading...