संक्रमितको संख्या २१ हजार ७५० पुग्यो, आज ३६० जना थपिए

विराटनगर, २२ साउन । नेपालमा आज थप ३६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार थप ३६० जनामा कोरोना पोजिटिभ भएको जानकारी दिएको छ ।

विभिन्न प्रयोगशालामा ६ हजार ३ सय ५९ जनामा गरिएको परीक्षणमा थप ३६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै काेराेना संक्रमितको संख्या २१ हजार ७५० पुगेकाे छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ ।

यता, काेराेनामुक्त हुनेकाे संख्या १५ हजार ३८९ पुगेकाे छ । संक्रमितमध्ये ७०.५६ प्रतिशतले काेराेना जितेका छन् । पछिल्लो २४ घण्टामा थप २३३ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

कोरोनाबाट बिहीबार थप ५ जनाकाे ज्यान गएकाे मन्त्रालयले जानकारी दिएकाे छ । यससँगै काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ६५ पुगेकाे छ ।

Loading...