बिहीबार २३३ थप जनाले जिते कोरोना

विराटनगर, २२ साउन । नेपालमा बिहीबार थप २३३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मुक्त भएका छन् ।

आजको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २३३ जना निको भएर डिस्चार्ज भएको जानकारी दिएको छ ।

यससँगै काेराेनामुक्त हुनेकाे संख्या १५ हजार ३८९ पुगेकाे छ । संक्रमितमध्ये ७०.५६ प्रतिशतले काेराेना जितेका छन् ।

काेराेना संक्रमितको संख्या २१ हजार ७५० पुगेकाे छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ । आज थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

कोरोनाबाट बिहीबार थप ५ जनाकाे ज्यान गएकाे मन्त्रालयले जानकारी दिएकाे छ । यससँगै काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ६५ पुगेकाे छ ।

Loading...