इलाममा थप १६ सशस्त्र प्रहरीमा कोरोना संक्रमण

विराटनगर, २२ साउन । इलाममा थप १६ जना सशस्त्र प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार ६० जनाको कोरोना जाँच गर्दा १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार थप १६ जनामा संक्रमण पुष्टि भएपछि इलाममा संक्रमितको सशस्त्र प्रहरी कर्मचारीको संख्या ४६ पुगेको छ ।

यसअघि सशस्त्र प्रहरी वलको हेडक्वार्टर नम्बर १ गण इलाममा कार्यरत २८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीबार प्रदेश १ मा इलामका १५ सुरक्षाकर्मीसहित प्रदेश १ मा ६६ संक्रमित थपिएका थिए ।

Loading...