सप्तरीमा एकै दिन ४३ जना कोरोना जितेर घर फर्किए

सप्तरी, २२ साउन । सप्तरीमा एकै दिन ४३ जना संक्रमित कोरोना जितेर घर फकिएका छन् ।

एकैपटक नौ महिलासहित ४३ जना निको भएर घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले जानकारी दिए ।

योसँगै सप्तरीमा कोरोना संक्रमबाट मुक्त हुनेको संख्या ३८४ पुगेको छ । जसमा ३८ महिला छन् ।

Loading...