‘जापानी मेस्सी’ कुबो भिल्लारियलमा

एजेन्सी, २२ साउन । स्पेनिस क्लब भिल्लारियलले ताकेफुसा कुबोलाई लोनमा अनुबन्ध गरेको छ । रियल मड्रिडका युवास्टार कुबोलाई भिल्लारियलले एक वर्षका लागि लोनमा अनबन्ध गरेको हो ।

आर्सनलका पूर्वप्रशिक्षक तथा नवनियुक्त प्रशिक्षक युनाइ इमेरीको सुझावमा भिल्लारियलले १९ वर्षीय युवा कुबोलाई लोनमा अनुबन्ध गरेको स्पेनिस मिडिया ‘एएस’ले जनाएको छ ।

केही दिनमा नै भिल्लारियलले कुबोलाई सार्वजनिक गर्ने बताइए पनि यसबारे रियल मड्रिड र भिल्लारियलले दुवैले औपचारिक जानकारी दिएका छैनन् ।

‘जापानिज मेस्सी’ भनेर चिनिने उनी गत वर्ष मात्र रियलबाट लोनमा मल्लोर्का पुगेका थिए ।

उनीमाथि ग्रानडा, ओसासुना र सेल्टाभिगोले नजर लगाएको बताइन्छ । उनले यो सिजन ला लिगामा ३५ खेल खेल्दै चार गोल र पाँच असिस्ट गरेका छन् ।

Loading...