प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना

काठमाडौं, २२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ललितपुरको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा गरिएको परीक्षणमा ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको अध्यक्ष दाहालकी छोरी गंगा दाहालले जानकारी दिएकी छन् ।

उनका अनुसार पारिवारको सदस्यहरू, सुरक्षाकर्मीहरू र सचिवालयका सदस्यहरूले कोरोना परीक्षण गर्दा बाहिरी घेरामा रहेका ६ सुरक्षाकर्मीमा संक्रमण देखिएको भए पनि अन्यको रिपोर्ट नेगेटिभ आएको छ ।

अध्यक्ष लगायत हामी सम्पुर्ण परिवारका सदस्यहरु, सुरक्षाकर्मीहरु र सचिवालयका सदस्यहरुले कोभिड-१९ स्वाव परीक्षण गर्दा,…

Posted by Ganga Dahal on Thursday, August 6, 2020
Loading...