विराटनगरमा २१ सहित प्रदेशमा थप ६६ जनामा काेराेना संक्रमण

विराटनगर, २२ साउन । विराटनगरमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार १० महिला र ११ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा १३ जना र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार मोरङको बेलबारीमा २ जना र रंगेलीमा १ जना संक्रमित थपिएका छन् । त्यस्तै सुनसरीमा १९ जना, झापामा ८ जना र इलाममा १५ जनामा संक्रमण पुष्टि भएको छ ।

सुनसरीको धरानमा ११ पुरुष, ३ महिला, इटहरीमा ४ पुरुष १ महिला, इलामको इलाम नगरपालिकामा १५ पुरुष, झापाको मेचीनगरमा ७ पुरुष, १ महिलाको कोरोना रिपोर्ट पोजेटिभ हाे । याे सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार २ सय ५५ पुगेको छ ।

प्रदेश १ मा आज १८ जना डिस्चार्ज भएका छन । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट १२ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा झापाका ९, मोरङका ६, सुनसरी र पाँचथरका १-१ जना छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय ५ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ५४ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएका मध्ये १५ महिला र ५१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

Loading...