कफीको कति मात्रा शरीरका लागि हानिकारक

विराटनगर, २२ साउन । मानिसहरू तनाब र थकानबाट मुक्त रहनका लागि कफी पिउने गर्छन् ।
कफी पिउनेबित्तिकै निद्रा र शरीरको थकान हराएर फ्रेस भएको महसुस हुने हुँदा मानिसहरूलाई कफी पिउने लतसमेत लागेको हुन्छ । कफीमा पाइने क्याफिनको अधिक सेवनले अनिद्रा, ब्लडप्रेसर, चिन्ता, पाचन समस्या, थकान, र सबैभन्दा महत्वपूर्ण लत जस्तो समस्या निम्त्याउन सक्छ ।

अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिसनद्वारा गरिएको अनुसन्धानले एक दिनमा एक वा दुई कप कफी पिउने मानिसहरूको तुलनामा छ कपभन्दा बढी कफी पिउने व्यक्तिहरूमा हृदय रोग र विकासको शिकार हुने सम्भावना २२ प्रतिशत बढी हुने पत्ता लागेको हो । साथै, बढी कफी पिउने बानी भएका मानिसहरूलाई नर्भस डिसआर्डर तथा दौरा (सिजर) समेत हुन सक्छ ।

कफीको एक कपमा ४० मिलिग्रामदेखि ४०० मिलिग्रामसम्म क्याफेन हुन सक्छ । हामीमध्ये अधिकांश, औसतमा, दिनभरि १०० मिलिग्राम क्याफिन खपत गर्दछ । मानिसहरूले ४०० मिलिग्राम वा सोभन्दा अधिक क्याफिनको सेवन गर्न सम्भावित विनाशकारी हुन सक्ने विज्ञहरूको भनाइ छ ।

गर्भवती महिलाहरूका लागि, कुनै पनि प्रकारको क्याफिन उपभोगको औसत मात्रा तीन सय मिलिग्रामभन्दा कम हुनुपर्छ । दुई सय ५० वा तीन सय मिलिग्रामभन्दा बढी क्याफिनले गर्भपात, ऊर्जा गुमाउने तथा बढ्दो मुटुको दरजस्त समस्याहरूसँग जोडिएको हुन्छ । किशोर र युवा वयस्कहरूको लागि यसको मात्रा जति कम गर्न सकियो त्यति उत्तम हुन्छ ।

Loading...