अख्तियारका २० कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं, २२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको कोरोना संक्रमण देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि आयोगमा १५ जना कर्मचारीमा संक्रमण देखिएको थियो । ती संक्रमण देखिएका अधिकांश अग्रपंक्तिमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मी छन् ।

अख्तियारमा थुनुवा र संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा नजिक रहेका कर्मचारीको तथा परराष्ट्रमा जापानबाट आएका एक जनामा संक्रमण भेटिएपछि उनी नजिकका कर्मचारीको परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

Loading...