युरोपा लिग : सेभिल्ला र रोमा प्रतिस्पर्धामा, अन्य तीन खेल पनि आजै

एजेन्सी, २२ साउन । युरोपको दोस्रो ठूलो फुटबल प्रतियोगिता युरोपा लिगमा आज चार खेल हुँदैछन् । अन्तिम १६ को दोस्रो लेगअन्तर्गत आज ८ वटा टोली प्रतिस्पर्धामा छन् ।

आज चार खेलपछि क्वार्टरफाइनलको समीकरण पूरा हुनेछ । यसअघि चार टोलीले अन्तिम आठमा स्थान बनाइसकेका छन् । म्यानचेस्टर युनाइटेड, शख्तर डोनेस्क, इन्टर मिलान र कोपेनहागेम क्वार्टरफाइनल प्रवेश गरिसकेका छन् ।

अब आजका चार खेलपछि क्र्वाटरफाइनल पुग्ने आठ टोलीको टुंगो लाग्नेछ ।

आजको हुने खेलमा सेभिल्ला र रोमा भिड्दैछन् भने लिभरकुसेन, वुल्भस र इन्ट्राक्ट फ्रान्कफर्ट पनि प्रतिस्पर्धामा छन् ।

सेभिल्ला र रोमाले राति १०ः४० बजे हुने खेलमा प्रतिस्पर्धा गर्दैछन् । यो खेल सेभिल्लाको मैदानमा हुनेछ ।

सोही समय लिभरकुसेनले रेन्जर्ससँग खेल्नेछ । लिभरकुसेनको मैदानमा हुने यो खेलमा घरेलु टोली ३–१ ले अगाडि रहेको छ ।

यसैगरी वुल्भसले राति १२ः४५ बजेबाट ओलम्किपससँग खेल्नेछ । यो खेल वुल्ससको मैदानमा हुनेछ ।

चौथो खेलमा फ्रान्कफर्टले बसेलसँग खेल्नेछ । राति १२ः४५ बजे नै हुने यो खेल बसेलको मैदानमा हुनेछ । यो खेलमा घरेलु टोली ३–० ले अगाडि छ ।

Loading...