सेनिटाइजर सेवन नगर्न सीडीसीको चेतावनी

विराटनगर, २२ साउन । ह्यान्ड सेनिटाइजरको सेवनपछि मान्छे बिरामी हुनुको धेरै केसहरू हालका महिनाहरूमा अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्रहरूमा रिपोर्ट गरिएको छ ।

एरिजोना र न्यू मेक्सिकोका सीडीसी अन्वेषकहरू र उनीहरूका साझेदारहरूले मेदेखि जूनसम्म विष केन्द्रहरूमा ६२ कल रेकर्डहरू समीक्षा गरेपछि अल्कोहलमा आधारित सेनिटाइजरबाट मिथेनोल विषाक्तता हुनसक्ने पत्ता लगाएका हुन् । अन्वेषकहरूले थप विवरणहरूको लागि अध्ययन गरेको चिकित्सा रेकर्डहरूमा मानिसहरूले किन स्यानिटाइजरको सेवन गरिरहेको कुरा भने उल्लेख गरिएको थिएन ।

अन्वेषकहरूले मे र जुन महिनाको बीचमा १५ वयस्कहरूले प्रयोग गरिरहेको सेनिटाइजरमा मिथेनोल विषाक्त रहेको भेट्टाए । २१ देखि ६५ वर्ष उमेरका ती सबै वयस्कहरूलाई रक्सीमा आधारित ह्यान्ड सेनिटाइजर पिएपछि अस्पतालमा भर्ना गरिएको थियो । बयस्कमध्ये छजनाले अस्पतालमा दौरा (सिजर) भएको थियो भने तीन जनालाई दृष्टि कमजोर भएको अन्वेषकहरूले पत्ता लगाए ।

थोरै दिनमा अज्ञात मात्रामा ह्यान्ड सेनिटेजर पिएका एक ४४ वर्षीय वृद्धमा तीव्र मेथेनोल विषाक्तताको कारण छ दिनको लागि अस्पतालमा भर्ना गरिएको थियो भने उक्त मानिस डिस्चार्ज हुँदा लगभग पूर्ण दृष्टि गुमाएका थिए । स्यानिटाइजर पिएका १५ मध्ये चार व्यक्तिको मृत्यु भएको थियो । सीडीसी अनुसन्धानकर्ताहरूले आफ्नो नयाँ रिपोर्टमा अल्कोहलमा आधारित सेनिटाइजर उत्पादनहरू कहिले पनि सेवन गर्नु नहुने चेतावनी दिएका छन् ।

इथानोलयुक्त अल्कोहलमा आधारित सेनिटाइजरले हातलाई कीटाणुरहित गर्न प्रयोग गर्न सकिन्छ तर, सीडीसीले मेथानोल समावेश भएको सेनिटाइजरको प्रयोग नगर्न र सेवन नगर्न चेतावनी दिएको हो । छालामार्फत् शोषण गर्दा वा सेवन गर्दा मेथनोल एक विषाक्त पदार्थ हुन सक्छ ।

Loading...