Rumpum

Rumpum Advertisement

हरियो मटरसहित ट्रक बरामद

हरियो मटरसहित ट्रक बरामद

विराटनगर, २२ साउन । प्रहरीले नेपालबाट अवैधरुपमा भारततर्फ लैजाँदै गरेको हरियो मटरसहित ट्रक बरामद गरेको छ । बुधबार राति धनपालथान गाउँपालिका–२, पौठाबाट करिब पाँच लाख रुपैयाँ बराबरको मटरसहित को१ख ४८८७ नम्बरको ट्रक बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

सो स्थानमा प्रहरी पुग्नासाथ हरियो मटरसहितको ट्रक छाडी चालक फरार भएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

बरामद गरिएको मटरसहितको ट्रक मुल भन्सार कार्यालय रानीमा बुझाउने तयारी भइरहेको प्रनाउ राईले बताए ।

बरामद गरिएको मटर धनपालथान गाउँपालिका–२ का दीलिप साहको भन्ने खुल्न आएको र हाल फरार उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।