आजदेखि जोरबिजोर लागू

काठमाडौ, २२ साउन । आज (बिहीबार) देखि काठमाडौं उपत्यकालगायत जोखिम बढी भएका स्थानमा सवारीसाधन सञ्चालनका लागि जोरबिजोर प्रणाली लागू भएको छ ।

काठमाडौं उपत्यका र कोभिड १९ को २ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सवारीसाधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू भएको छ ।

नेपाल सरकार गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी सार्वजनिक सवारीसाधन सञ्चालनमा लागि जोरबिजोर प्रणाली लागू भएको बताएको छ । जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारीसाधन मात्रै सञ्चालन गर्नेगरी आजदेखि उक्त व्यवस्था लागू भएको छ ।

काठमाडौं उपत्यकामा आज जोर नम्बरका सवारीसाधन मात्रै सञ्चालनमा आएका छन् । जोरबिजोर प्रणालीलाई कर्यान्वयन गराउन बिहानैदेखि काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा ट्राफिक प्रहरीले चेकजाँचलाई कडाइँ गरेको छ ।

तर पनि सडकमा सवारीसाधनको चाप उच्च देखिएको छ । यससँगै सरकारले होटल रेस्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला गर्नसमेत निषेध गरेको छ ।

Loading...