हत्या आरोपमा एकजना पक्राउ

खोटाङ, २२ साउन । सामान्य विवादमा चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले खोटाङको केपिलासगढी गाउँपालिका– १ का २७ वर्षीय राकेश राईलाई पक्राउ गरेको छ ।

मंगलबार राति पौने ९ बजे स्थानीय ५६ वर्षीय जबरधन राईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

सामान्य बिबाद हुँदा रिसको आवेगमा राकेशले नजिकै रहेको दाउराको चिर्पटले प्रहार गर्दा राई गम्भि घाइते भएका थिए । उनलाई अस्पताल लैजाने तयारी गर्दा गर्दै घरमा नै मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले फरार रहेका राकेशलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Loading...