Rumpum

Rumpum Advertisement

विष्फोटमा मृत्यु हुनेको संख्या एक सय ३५ पुग्यो

विष्फोटमा मृत्यु हुनेको संख्या एक सय ३५ पुग्यो

विराटनगर, २२ साउन । लेबनानको राजधानी बेरुतमा भएको भयानक विष्फोटमा परेर मृत्यु हुनेको संख्या एक सय ३५ पुगेको छ ।

विष्फोटक पदार्थ भण्डारण गरिएको स्थानमा मंगलबार भएको विष्फोटमा परेर चार हजारभन्दा धेरै मानिस घाइते भएका थिए ।

राष्ट्रपति माइकल आउनले अनुसार असुरक्षित रूपमा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको बताएका छन् ।

लेबनान सरकारले ४० किलोमिटर टाढा रहेको साइप्रससम्म सुनिएको विष्फोटको अनुसन्धान सुरु गरिसकेको जनाएको छ । अनुसन्धानका लागि बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको छ ।

विष्फोटका कारण भवनहरु भत्किनुका साथै टाढा–टाढासम्मका भौतिक संरचनामा पनि क्षति पुगेको छ ।

दोस्रो विश्व युद्धमा अमेरिकाले जापानको हिरोसिमामा खसालेको अणु बमको शक्तिको १० भागको एक भागजति शक्तिशाली विष्फोट बेरुतमा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।